कार्तिक कृष्ण त्रयोदशीः यमपञ्चक सुरु, घरघरमा यमदीपदान

डिसी नेपाल
१ कार्तिक २०८२ १८:०४
72
Shares

काठमाडौं। कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ।

यमदीपदान परिवार सदस्य सङ्ख्याका आधारमा प्रत्येकको छुट्टाछुट्टै दिनुपर्ने धार्मिक मान्यता रहेको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए। यमदीपदान सुरु भएसँगै आजैदेखि घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा दीपावली गरिएको छ। तिहारलाई दीपको पर्व पनि भनिन्छ। यो नेपालीको दोस्रो ठूलो चाड हो।

यमदीपदान गरी आज सुरु भएको तिहारको दोस्रो दिन आइतबार कागको पूजा गरी मीठामीठा खानेकुरा खान दिइन्छ। सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ। यसलाई नरक चतुर्दशी पनि भनिन्छ। यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ।

चौथो दिन मंगलबार तिहारको कुनै कर्म नगरिने धर्मशास्त्रविद् प्राडा भट्टराईले बताए। उनका अनुसार पाँचौँ दिन बुधबार गाईको पूजा गरिन्छ। यसै दिन गोवर्द्धनपूजा, बलिपूजा, हलितिहार, गोरुको समेत पूजा गरिन्छ। छैटौँ दिन बिहीबार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि पाँच दिन लामो तिहार पर्व समापन हुन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *