ट्रम्प दक्षिण कोरिया आइपुग्नुअघि उत्तर कोरियाले गर्यो क्षेप्यास्त्र परीक्षण
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया आइपुग्नु केही घण्टा अगाडि उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ।
ट्रम्प दक्षिण कोरिया जाँदैछन् जहाँ उनी एसिया प्रशान्त आर्थिक सहयोग बैठकमा भाग लिनेछन्।
उत्तर कोरियाले जमिनबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ।
बीबीसीका दक्षिण कोरिया संवाददाता जेक क्वोनका अनुसार यो परीक्षणलाई उत्तर कोरियाको आणविक हतियारलाई वैधानिक बनाउने सानो प्रतीकात्मक प्रयास मानिएको छ।
राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार क्षेप्यास्त्रहरू ठाडो रूपमा माथितिर प्रहार गरिएका थिए र लगभग ७,८०० सेकेन्डसम्म हावामा रहे।
दक्षिण कोरियाको भ्रमणको क्रममा ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्ने कुनै संकेत हालसम्म देखिएको छैन।
आज, ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङसँग भेट गर्नेछन्, जसलाई संयुक्त राज्य अमेरिकासँग व्यापार सम्झौतालाई अन्तिम रूप दिन दबाब छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment