दीपक र प्रहीलको सहकार्यमा बालखैमा दिल बस्यो गौथली २ बजारमा

डिसी नेपाल
२९ कार्तिक २०८२ १०:२३
20
Shares

काठमाडौं । बालखैमा दिल बस्यो गौथलीको सफलतापछि बालखैमा दिल बस्यो गौथली २ सार्वजनिक भएको छ जसमा बालगायक निश्चल अधिकारीको स्वर तथा दीपक शर्माको शब्द तथा संगीत सृजना रहेको छ

नरेन्द्र वियोगीको एरेन्ज मिक्सिगं तथा मास्टरिगं रहेको गीतमा बालकलाकारद्धय आलोक चौरेली र आयुषा ढकालको लोभलाग्दो अभिनय देख्न सकिन्छ सार्वजनिक गीतको भिडियोमा उज्जवल भविष्यको संभावना खोज्दै दुर दराजको गाउँबाट शहर पसेको एटा बालकले भोग्नु परेको असहज परिस्थितीलाई भिडियोमा देखाइएको छ

जहाँ उस्तै उमेरकी आयुषीले आलोकले भोगेको परिस्थितीलाई सहजीकरण गर्दै स्कुल पढ्नेसम्मको वातावरण बनाइएको सन्देश मुलक र नेपाली समाजमा व्याप्त कथालाई कलात्मक शैलीमा निर्देशक प्रहील कार्कीले भिडियोमा देखाएका छन्

बाल्यकालदेखि नै गायनमा क्रियाशिल गायक निश्चलको अफिसियल युट्युब च्यानल निश्चल अधिकारीबाट बजारमा ल्याएका हुन् काठमाडौका विभिन्न स्थानमा छायांकन गरिएको गीतको छायांकन राजेश घिमिरे र केही भाग योगेन थापाले गरेका हुन् सार्वजनिक गीतको भिडियाको सम्पादन माधव वेल्वासेले गरेका हुन्



No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *