पितृका नाममा पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिर)
काठमाडाैं। प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ। आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको सम्झनामा शतबीज छरिन्छ।
मार्गशीर्षकृष्ण त्रयोदशीको रातमा दीपदान गरी बसेका भक्तजनले चतुर्दशीका दिन बिहानै दिवंगत पितृको स्मरणमा शतबीज छर्ने गर्दछन्। शतबीज छर्न काठमाडौंको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ।










No ads found for this position
प्रतिक्रिया



Facebook Comment