अनुभव र सिकाइबाट नै व्यक्तित्व निर्माण गर्न राजेश हमालको सुझाव

डिसी नेपाल
४ मंसिर २०८२ १५:१८
16
Shares

काठमाडौं । चलचित्र क्षेत्रका महानायक राजेश हमालले जीवनमा अनुभव र सिकाइबाट नै व्यक्तित्व विकास गर्न सकिने सुझाएका छन्।

बिहीबार नेशनल कलेजको आयोजनामा आयोजित ‘लाइभ टक विथ राजेश हमाल’ कार्यक्रममा बोल्दै हमालले जीवनमा अनुभवहरुबाट सिकाइ तथा आफ्नो व्यक्तित्व निमार्ण गर्न सकिने बताएका हुन्।

उनले भने, ‘जीवनका धेरै यस्ता पाटाहरु हुन्छन् जसलाई तपाइँं स्वयमले मात्रै अनुभव गर्न सक्नुहुन्छ। जीवन भनेको अनुभव हो, यो एकपटक मात्र आउँछ। त्यसमा पनि विभिन्न चरणहरुपनि एकएक पटक मात्र आउँछ। अहिले जुन उमेर समूहमा हुनुहुन्छ त्यसमा १०÷१५ वर्षपछि त्यो रहन्न। जीवनको उद्देश्य भनेकै यही हो। त्यसैले अनुभवहरुबाट सिकाइ लिन, आफ्नो व्यक्तित्व निर्माण गर्न सकिन्छ।’

हमालले हाल नेपाल संवेदनशील समयबाट गुज्रिरहेको पनि बताए। उनले सबैलाई आफ्नो राष्ट्र महान लागेपनि हरेक राष्ट्रको आफ्नो हैसियत हुने भन्दै हैसियत अनुसार व्यहार हुनु तितोसत्य रहेको समेत बताए।

‘आज हामी असाध्यै संवेदनशील समयबाट गुज्रिरहेका छौ। अब हामी कसरी अगाडि जान सक्छौ भन्ने कुरामा डराइरहेका छौ। नयाँ तरिकाबाट नै जानुपर्छ। तर तितोसत्य के छ भने हामीलाई आफ्नो राष्ट्र महान लागेपनि संसारको परिस्थितीमा हरेक राष्ट्रको आफ्नो हैसियत पनि हुन्छ। त्यो तितोसत्य हो,’ उनले थप भने, ‘हामीलाई नेपाल राष्ट्र जतिसुकै महान सुन्दर लागेपनि अन्तर्राष्ट्रिय रुपमा एउटा हैसियत छ। त्यही हैसियत अनुसार आफुले आफुलाई सञ्चालन गर्नुपर्छ।’

त्यही हैसियत अनुसार सामाजिक, राजनीतिक, आर्थिक परिवेशलाई अगाडि बनाउनु पर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *