बाबुल गिरी तीन लाख धरौटीमा रिहा
काठमाडौं । गायिका नीतु पौडेलको आत्मदाह प्रकरणमा पक्राउ परेका गायक धनराज बहादुर (बाबु) गिरी धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अदालतको आदेश आएसँगै उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा नीतुले शरीरमा पेट्रोल छर्केकी थिइन्। उनको उपचार क्रममा बर्न अस्पताल कीर्तिपुरमा कात्तिक ७ गते मृत्यु भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment