क्रिकेट विश्वकपको उपाधिबाट चुक्यो नेपाल, फाइनलमा पराजित
काठमाडौं । कोलम्बोमा आयोजित ‘पहिलो दृष्टिविहीन महिला टी-२० विश्वकप क्रिकेट २०२५’ को फाइनलमा नेपाल पराजित भएको छ । भारतले नेपाललाई सात विकेटले पराजित गर्दै उपाधि जितेको छ।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेट गुमाउँदै ११४ रन बनाएको थियो ।
नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३५ रन (नटआउट) र बिमला राईले २६ रन बनाइन्।
भारतीय टोलीले यो लक्ष्य केवल १२.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो।
भारतका लागि करुणा के ले २७ बलमा ४२ रन बनाउँदै सर्वाधिक रन बनाइन् भने फुला सरीनले २७ बलमा ४४ रन बनाइन्, जसमा चार चौका समावेश थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment