एनपीएलः पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन अन्तर्गतको बिहीबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखराले सुमित वर्माको अर्धसतकको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो। सुमितले २९ बलमा ४ छक्का र २ चौकाको मद्दतमा ५० रन बनाए। यस्तै दिनेश खरेलले ३८ तथा तृतराज दासले २९ रन बनाए।
जनकपुरका सञ्जय कृष्णमृर्तीले ३ विकेट लिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment