कविता : आवाजहरु

राकेश कार्की
२८ मंसिर २०८२ ११:५७

मेरो देशमा
कुनै समय कुनै बेला
शीतल तात्दा तात्दा
विष्फोट भएको ज्वालामुखी जस्तो
शान्त खल्बलिँदा खल्बलिँदा
सुनामी आएको समुद्र जस्तो
बोलेका, चिच्याइएका, कराएका आवाजहरु
अहँ सुनिँदैनन्

न त एक्लो आवाज सुनिन्छ
नत सामुहिक आवाज सुनिन्छ
अहिले छ त आवाजको हाल
आँसुका आवाजहरू
उत्पीडनका आवाजहरु
सन्तापका आवाजहरु

अनि यस्तै यस्तै
दु:खका आवाजहरु
अभावका आवाजहरु
वेरोजगारीका आवाजहरु
उपचार नपाएका आवाजहरु
सबैतिर दबिरहेका
बेवास्ता गरेका
सुन्न न खोजिएका
कमजोर अर्थतन्त्रको डण्डाले
पिटिएका आवाजहरु

मेरो देशमा
अबको आउने समय र बेलालाई
जरूरत छ अति आवश्यक छ त
घर घर परिवारका आवाजहरु
गाउँ शहरका आवाजहरु
यता उता सबै जहाँतहाँ नै
खुशीका आवाजहरु
सुखका आवाजहरु
जहिले त्यहिले सुनिइरहने
सफलताका आवाजहरु
मुस्कानका आवाजहरु

लस एन्जेलस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *