‘वर्ल्ड राइजिङ स्टार’मा नेपालबाट दुई बालबालिकाले प्रतिनिधित्व गर्ने

डिसी नेपाल
२३ पुष २०८२ ९:५४
44
Shares

काठमाडौं। जर्जियामा हुन गइरहेको ‘वर्ल्ड राइजिङ स्टार’मा नेपालबाट दुई बालबालिकाले प्रतिनिधित्व गर्ने भएका छन्।

यो प्रतियोगितामा ‘डिएसए स्टार सिजन १५’को विजेता प्रनिक थापा र ‘डिएसए स्टार सिजन १६ को विजेता समृद्धि शाहले नेपालको प्रतिनिधित्व गर्न लागेका हुन्। उनीहरुसँगै ‘डिएसए स्टार’ आयोजक परिवर्तन इभेन्ट हाउसका निर्देशक तथा वर्ल्ड राइजिङ स्टारका नेसनल डिरेक्टर राज बराइली पनि जर्जिया जाँदैछन्।

प्रतियोगिता जर्जियाको राजधानी तिब्लिसीमा यही जनवरी ८ देखि १३ तारिखसम्म सञ्चालन हुँदैछ। यो प्रतियोगितामा विश्वभरबाट ४० भन्दा बढी देशहरु सहभागी हुँदैछन्। परिवर्तन इभेन्ट हाउसले दुई पटक ‘वर्ल्ड राइजिङ स्टार’मा प्रतिनिधित्व गरिसकेको छ। दुई पटक नै नेपाली बालबालिका विश्व विजेता बनिसकेका छन्।

हाउसका निर्देशक राज बराइलीले यसपटक पनि शीर्ष ताज नेपालमै ल्याउनका लागि तयारी गरिरहेको बताए। उनका अनुसार प्रतियोगिताका लागि नेपाललाई चिनाउने भिडियो निर्माण गरिएकाले त्यो भिडियो प्रतियोगितामा प्रदर्शन गरिनेछ। यो भिडियो परिवर्तन इभेन्ट हाउसको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *