यस्तो रहने छ कांग्रेस विशेष महाधिवेशन तालिका
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले तयारीलाई तिव्रता दिएका छन्।
विशेष महाधिवेशन पक्षधरले महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि काठमाडौंमा विभिन्न होटेल बुक गरिरहेको छ।
आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाले काठमाडौं विभिन्न होटलमा गरेर एक हजार पाँचसय कोठा बुक गरिसकिएको जानकारी दिएका छन्।
२६ गतेदेखि कोठाहरू प्रयोगमा ल्याउने गरी होटेलका कोठा बुक गरिएको उनको भनाइ छ। ‘हामीले सुनधारा, ठमेल, एयरपोर्ट, सिनामंगललगायत क्षेत्रका होटेल बुक गरेका छौं,’ उनले भने।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ गते ११ बजे भृकुटीमण्डपमा सुरु हुने कार्यतालिका छ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले यही पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आह्वान गरेका छन्।
हाल विशेष महाधिवेशनका लागि विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि काठमाडौं आउने क्रम जारी रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment