प्रधानमन्त्री कार्कीसँग राप्रपा अध्यक्ष लिङ्देनको भेट

डिसी नेपाल
२४ पुष २०८२ १८:०८
24
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेका छन्।

बालुवाटार पुगेर राप्रपा टोलीले प्रधानमन्त्रीसँग भेट गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए। आफूहरूले पुस २७ गते पृथ्वी जयन्तीको चियापान समारोहको निम्तो प्रधानमन्त्रीलाई दिएको बताए । प्रधानमन्त्रीले कार्यक्रममा आउने प्रतिबद्धता जनाएको उनले बताए।

प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै उनले भने, ‘सच्चा नेपालीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई श्रद्धा गर्छ, गर्नुपर्छ। तपाईँहरूले प्रधानमन्त्रीको रूपमा मलाई निम्ता गर्नुभयो म आउँछु। विगतमा को आए आएनन् त्यो हेर्ने होइन, म चाहिँ आउँछु।’

राप्रपाले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, नेकपा संयोजक प्रचण्ड, रास्वपा सभापति रवि लामिछानेलाई पनि भेटेर कार्यक्रमको निम्ता दिइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *