एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीका विषयमा छलफल हुने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । शनिबार ललितपुरस्थित मेजेस्टिक ग्रेन्ड पार्टी प्यालेसमा बिहान ११ बजे बैठक बस्दैछ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार बैठकमा आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको रणनीति, समसायिक राजनीतिक विषयमा छलफल हुनेछ।
गत पुस ४ गते सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकले यही पुस २६ देखि २८ गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक आह्वान गरेको थियो ।
यसपटकको केन्द्रीय कमिटी बैठक प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुने बताइएको छ ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment