सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। सोमबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल पाँच हजार ३३५ कायम भएको छ। सोमबार एक तोला छापावाल सुन दुई लाख ८६ हजार ६०० र एक तोला चाँदी पाँच हजार २०० मा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार ६८७ र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment