थापाथलीको सुकुम्बासी बस्ती खाली गर्न प्रहरीको माइकिङ

डिसी नेपाल
१० वैशाख २०८३ २०:०४

काठमाडौं । काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्न आग्रह गर्दै प्रहरीले माइकिङ गरेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुमबासी बस्ती खाली गर्ने निर्णय अनुरुप आज साँझ काठमाडौंको थापाथली स्थित सुकुम्बासी बस्तिमा प्रहरीले माइकिङ गरेको हो।

प्रहरीले बैशाख १२ गते बिहान ६ बजेदेखि बस्ति खाली गराइने भन्दै माइकिङ गरिरहेको छ।

यसअघि बुधबार गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको निर्देशनपछि बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडैलले जिल्ला सुरक्षा समितिको बैठक आह्वान गर्दै सुकुमवासी बस्ती खाली गराउने निर्णय गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *