सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क साम्पाङको आपत्ति

डिसी नेपाल
१५ वैशाख २०८३ ११:४८

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति आपत्ति जनाएका छन्।

आज सामाजिक संजालमार्फत उनले विभिन्न बहाना र धनीपूर्जाको हवाला दिँदै जनतालाई घरबारविहीन बनाउने गतिविधि कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने स्पष्ट पारे।

उनले लेखेका छन्, ‘विभिन्न बहाना बनाएर धनीपूर्जाको हवाला दिएर जनताको बासस्थान भत्काउने र बेघर बनाउने कृत्यलाई कुनै पनि हालतमा पुष्टी गर्न सकिन्न र पुष्टि गर्नु हुँदैन!’

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै अध्यक्ष हर्कले वर्तमान सामाजिक र राजनीतिक सन्दर्भमा जनताको पक्षमा उभिनुपर्ने आवश्यकता औँल्याए।

उनले भने, ‘अरूलाई घाउ लाग्दा आफूलाई दुख्नु र सहयोगको भावना प्रकट गरी सकेको सहयोग र संघर्ष गर्नु नै हर्कवाद हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *