रोल्पा जीप दुर्घटना अपडेट : १५ जना गम्भीर घाइते
रोल्पा । रोल्पामा तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १५ जना गम्भीर घाइते भएका छन्।
रोल्पाको जलजला क्षेत्रमा तीर्थयात्री बोकेको जीप सडकबाट करिब ८ सय मिटर तल खस्दा १५ यात्री गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
भोलि लाग्ने वैशाखे पूर्णिमामा पूजा गर्न रुकुमपूर्वबाट तीर्थयात्री बोकेर गएको जीप रोल्पाको थवाङ गाउँपालिकाको जलजला क्षेत्रमा दुर्घटनामा परेको थियो।
घटनाको पूर्ण विवरण आइनसकेको र भारी वर्षा भइरहेकाले उद्धार कार्यमा कठिनाइ रहेको इलाका प्रहरी कार्यालय थवाङले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment