सुदूरपश्चिम र कर्णालीमा भारी वर्षाको सम्भावना, देशभर मौसम बदली

डिसी नेपाल
२१ वैशाख २०८३ ६:३६

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आज मुलुकभर साधारणतया मौसम बदली रहनेछ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना देखिएको छ।

यसका साथै तराईका एक-दुई स्थानमा पनि वर्षाको योग रहेको र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ।

आज राति पनि देशभरको मौसम साधारणतया बादलले ढाकिने र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। विभागका अनुसार बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने देखिएको छ।

विशेषगरी रातिको समयमा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *