तीनै तहको समन्वयमार्फत वन, वातावरण र कृषि समस्या समाधान गर्नुपर्नेमा मन्त्री चौधरीको जोड
काठमाडौं । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले वन, वातावरण र कृषि क्षेत्रसँग सम्बन्धित समस्याहरूको नीतिगत समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छन्।
मन्त्री चौधरीले वनसँग जोडिएका साझा विषयहरू मानव वन्यजन्तु द्वन्द्व, वन अतिक्रमण तथा वन डढेलो नियन्त्रणलगायतका मुद्दामा तिनै तहका सरकार मिलेर अगाडि बढ्नु पर्ने आवश्यकता औँल्याइन्।
वन क्षेत्रसँग सम्बन्धित विद्यमान कानुनहरू संशोधन गरी स्थानीय जनतालाई अधिकतम लाभ हुने गरी कार्यान्वयन गर्न निर्देशन दिँदै मन्त्री चौधरीले वन स्रोतको दिगो उपयोगमा जोड दिइन्।
छलफलमा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्टले प्रदेशको समग्र विकासका लागि प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धन, जडीबुटी तथा वन पैदावारको समुचित उपयोगमा ध्यान दिनुपर्ने धारणा राखिन्। उनले प्राकृतिक स्रोतसाधनको दिगो व्यवस्थापनमार्फत आर्थिक विकासलाई अघि बढाउनुपर्नेमा जोड दिइन्।
आज संघका वन तथा कृषि मन्त्री चौधरी र सुदूरपश्चिम मन्त्री शिवराज भट्ट, प्रदेश सचिव (वन) दीर्घनारायण कोइराला, प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव शंकर साह लगायतको उपस्थिति थियो।







डिसी नेपाल







Facebook Comment