तीनवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज (मंगलबार) तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।
बिहान ११ बजे समितिको सभाकक्षमा बस्ने प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भए गरेका कामकारबाही र आगामी कार्ययोजना सम्बन्धमा छलफल तथा विविध विषयमा छलफल हुनेछ ।
यस्तै, बिहान १०ः४५ बजे सभापतिको कार्यकक्षमा बस्ने राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नागढुङ्गासिस्नेखोला सुरूङ्गमार्गको स्थलगत अवलोकन तथा अनुगमन सम्बन्धमा छलफल हुनेछ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा गण्डकी प्रदेशमा भएको स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको समिक्षाका विषयमा छलफल हुने कार्यसूचि छ ।







डिसी नेपाल







Facebook Comment