शेखर गोल्छालाई हिरासतमा म्याद थप गर्न अदालतद्वारा अस्वीकार
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई थुनामा राख्न म्याद थपका निम्ति जिल्ला अदालत काठमाडौंले अस्वीकार गरेको छ।
सोमबार सर्वोच्च अदालतले गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएकोमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पुनः पक्राउ गरी मंगलबार अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो।
तर, न्यायाधीश मोना सिंहको इजलासले गोल्छाविरुद्ध म्याद थप नगरी हाजिर जमानीमा छाड्न आदेश दिएको हो। अदालतबाट थुना म्याद अस्वीकार भएपछि गोल्छा मंगलबार हाजिर जमानीमा रिहा भएका छन्।
सर्वोच्चले गोल्छाको पक्राउमा कानुनी प्रक्रियामा त्रुटि देखाउँदै थुनामुक्त गरेर धरौटी जमानतमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि सीआईबीले गोल्छालाई पाँच लाख रुपैयाँ धरौटीमा छाडेको थियो।
धरौटीमा रिहा भएलगत्तै बिमासम्बन्धी कसुरमाथि अनुसन्धानका लागि भन्दै सोमबार उनी पुनः पक्राउ परेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment