अस्पताल अनुगमन सुरु
काठमाडौं। सरकारले सरकारी र निजी अस्पतालको अनुगमन सुरु गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले डा रोशन न्यौपानेको नेतृत्वमा विशेष टोली परिचालन गरेको हो।
टोलीले सरकारी तथा निजी अस्पतालहरूको दैनिक अनुगमनलाई उच्च प्राथमिकताका साथ तीव्रता दिएको मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले जानकारी दिए। यसै अभियानअन्तर्गत गत हप्ता कान्तिबाल अस्पताल र अल्का अस्पतालमा छड्के अनुगमन गरिएको छ।
हाल सघन सुपरीवेक्षण र सुधारका लागि सचेत गराउने कार्य भइरहे पनि अनुगमनका क्रममा तोकिएको मापदण्ड र गुणस्तरमा कुनै पनि कमजोरी वा लापरबाही भेटिएमा जिम्मेवार अधिकारीलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही अगाडि बढाउने गरी मन्त्रालयले नियमनमा पछिल्लो समय निकै कडाइ गरेको छ।
अस्पतालको अनुगमनलगत्तै अब फार्मेसीलगायत स्वास्थ्य सेवा प्रवाह हुने अन्य सबै केन्द्रमासमेत अनुगमनलाई तीव्र पार्ने मन्त्रालयको तयारी छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment