आगामी आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गरिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गर्ने नीति लिएको छ।
सोमबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शून्य हिंसा सहनशीलता नीति लागू गर्दै सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्ने जानकारी दिए।
उनको अनुसार महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा सबै समावेशी समुदायलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गरिने छ।
त्यस्तै सरकारले नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्न ‘स्टार्टअप नेपाल’ पोर्टलमार्फत एकै दिनमा कम्पनी दर्ता, कर छुट र बिउ पूँजी (सिड मनी) लगायतका सेवा उपलब्ध गराउने घोषणा गरेको छ।
सरकारले ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानित उद्यमका रूपमा विकास गर्न बहुपक्षीय लगानी प्रवद्र्धन गर्ने नीति लिएको छ।
वैदेशिक रोजगारीबाट फर्किएका जनशक्तिलाई स्वदेशमै कृषि उद्यममा आकर्षित गर्न विशिष्टीकृत उत्पादन क्षेत्र विकास गरी कृषि उपजलाई उद्योग र बजारसँग सिधै जोड्ने सरकारको लक्ष्य छ।







डिसी नेपाल







Facebook Comment