एमालेको आरोप- रास्वपा महत्त्वाकांक्षी र अराजक जमातको गठजोड
काठमाडाैं। नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि कडा प्रहार गर्दै यसलाई ‘महत्त्वाकांक्षी र अराजक जमातको गठजोड’ को संज्ञा दिएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष बादलले रास्वपाको उदय र वर्तमान कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका हुन्। उनले रास्वपाको सफलतालाई स्वाभाविक नभई प्रविधिको दुरुपयोग र वैदेशिक शक्तिको प्रभावको रूपमा चित्रण गरे। “रास्वपा र यसको नेतृत्वले पाएको सफलता दशकौँदेखि सत्ताधारी दलहरूले गरेका कमजोरीमा खेलिएको एआई जादु र विश्व भू-राजनीतिका अदृश्य शक्तिहरूको प्रभाव मात्र हो,” उनले भने।
सम्बोधनका क्रममा बादलले सरकारको नियतमाथि पनि शंका व्यक्त गरे। संसद् अधिवेशन अन्त्य गरेर एकैपटक आठवटा अध्यादेश ल्याउनु प्रशासन र न्यायतन्त्रमा एकल प्रभुत्व जमाउने रणनीतिक चाल भएको उनको तर्क थियो। साथै, रास्वपाले आगामी निर्वाचनमार्फत राज्यका सबै तहमा एकल नेतृत्व स्थापित गर्ने महत्त्वाकांक्षा राखेको र त्यसले लोकतान्त्रिक सन्तुलनमा जोखिम निम्त्याउन सक्ने उनले दाबी गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment