प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

डिसी नेपाल
२९ वैशाख २०८३ १७:४७

काठमाडौं। प्रतिनिधिसभाका सचिव हर्कराज राई आफ्नो पदबाट मुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई २०८३ साल वैशाख २९ गते मंगलबारदेखि लागू हुने गरी पदबाट हटाएका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार सभामुख डोल प्रसाद अर्यालले २०८३ वैशाख २८ गते उनलाई पदमुक्त गर्न सिफारिस गरेका थिए।

सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम राईलाई जिम्मेवारीबाट हटाइएको हो। सभामुख अर्यालको सिफारिसलाई राष्ट्रपतिले सदर गरेसँगै राई संसद् सचिवालयको सचिवको जिम्मेवारीबाट औपचारिक रूपमा बाहिरिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *