थापाथलीमा ट्राफिकसँग सांसद तामाङको भनाभन

डिसी नेपाल
६ जेठ २०८३ १५:३७

काठमाडौं । काठमाडौंको थापाथली चोकमा गुडिरहेको गाडी रोकेको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र ट्राफिक प्रहरीबीच भनाभन भएको छ।

सर्वसाधारण सवारी साधनभन्दा केही अगाडि बढेर रोकिएको भन्दै ड्युटीमा रहेका ट्राफिक प्रहरीले सोधपुछ गरेपछि सांसद तामाङले गाडीबाटै ओर्लिएर असन्तुष्टि जनाएकी हुन्।

केही बेर जाममा परेपछि आक्रोशित मुद्रामा गाडीबाट ओर्लिएकी उनले त्यहाँ उपस्थित अर्का ट्राफिक प्रहरीलाई इसारा गर्दै नियम सिकाउन आग्रह गरेकी थिइन्।

“उहाँलाई सम्झाउनुस्, ग्रीन सिग्नल (हरियो बत्ती) बल्दा पनि गाडी रोकेर राखिएको छ । यता सर्वसाधारण जाममा फसिरहेका छन्, यो तरिका भएन,” तामाङले आक्रोशित हुँदै भनिन्।

थापाथली जस्तो व्यस्त चोकमा सांसद नै सडकमा ओर्लिएर ट्राफिक व्यवस्थापनमाथि प्रश्न उठाएपछि केही बेर उक्त क्षेत्रमा सवारी व्यवस्थापन थप अस्तव्यस्त बनेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *