पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधनमा आज सर्वोच्च अदालतमा शोक बिदा
काठमाडौं। सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधनमा शोक प्रकट गर्दै आज (बिहीबार) सर्वोच्च अदालतमा शोक बिदा दिइएको छ। शोक बिदाका कारण आज सर्वोच्च अदालतका कुनै पनि इजलासहरू सञ्चालन नहुने जनाइएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार ९७ वर्षको उमेरमा पूर्वन्यायाधीश प्रधानको यही जेठ ६ गते बुधबार निधन भएको थियो।
उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सर्वोच्च अदालतले आज देशभरका अदालतहरूमा शोक बिदा दिने निर्णय गरेसँगै अदालतका नियमित कार्य र इजलास सञ्चालन प्रक्रिया स्थगित गरिएका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment