अष्ट्रेलियामा बस्ने नेपाली युवा सरोज अर्यालद्वारा सगरमाथाको सफल आरोहण

डिसी नेपाल
८ जेठ २०८३ १०:१८

काठमाडाैं। अष्ट्रेलियामा बसोबास गर्दै आएका ३० वर्षीय नेपाली युवा सरोज अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनले मे २० तारिखका दिन बिहान ५ः५० बजे सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका हुन्।

विशेष गरी आफ्नो जन्मदिनको अवसर पारेर मे १९ तारिखकै दिन सगरमाथाको शिखरमा पुग्ने उनको प्रारम्भिक लक्ष्य थियो। तर, आरोहणका क्रममा बाटोमा केही ढिलाइ हुन पुगेकाले उनले आफ्नो जन्मदिनको भोलिपल्ट अर्थात् मे २० मा मात्रै चुचुरो चुम्न सफल भए।

आफ्नै देशको पहिचान र गौरवको प्रतीक मानिने सगरमाथामा नेपालीहरूभन्दा विदेशी आरोहीहरूको धेरै उपस्थिति र बाहुल्यता देख्दा उनलाई निकै खिन्नता महसुस हुने गरेको थियो।

नेपाल र नेपाली हुनुको नाताले आफ्नो देशको यो गौरवशाली शिखर आफैँले चढ्नुपर्छ र यसमा नेपालीहरूको उपस्थिति बलियो हुनुपर्छ भन्ने आन्तरिक प्रेरणा र भावनाले नै आफूलाई सगरमाथाको कठिन यात्रासम्म पुर्‍याएको उनले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *