तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज एक खर्ब रुपैयाँ संकलन गर्दै

डिसी नेपाल
८ जेठ २०८३ १२:१६

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि आज जेठ ८ गते एक खर्ब बराबरको रकम उठाउन लागेको छ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै कूल ६१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागिएको जानकारी दिएको हो।

राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत यो रकमको बोलकबोल प्रक्रिया सम्पन्न हुनेछ। यसरी संकलन गरिने रकमको साँवा तथा ब्याज भुक्तानी भने आगामी साउन ६ गते गरिनेछ।

यस योजनामा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमको सीमाभित्र रहेर आवेदन दिन सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *