टुँडिखेललाई घाँसे मैदान बनाउने महानगरको कार्य सुरु (तस्बिर)
काठमाडौं। काठमाडौं महानगरपालिकाले ऐतिहासिक तथा खुला क्षेत्र टुँडिखेललाई व्यवस्थित ‘घाँसे मैदान’ का रूपमा रूपान्तरण गर्ने कार्यको औपचारिक शुभारम्भ गरेको छ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागले टुँडिखेलको वातावरणीय र प्राकृतिक सुन्दरता बढाउने उद्देश्यका साथ यो विशेष परियोजना अघि बढाएको हो।
सहरी सौन्दर्यीकरण र खुला क्षेत्रको संरक्षण गर्ने महानगरको नीति अनुरूप सुरु गरिएको यस घाँसे मैदान निर्माण परियोजनाको कुल लागत २ करोड ४२ लाख रुपैयाँभन्दा बढी रहेको विभागले जनाएको छ।
परियोजना अन्तर्गत टुँडिखेलको भुइँलाई सम्याउने, दुबो तथा प्राकृतिक घाँस रोप्ने र हरियालीलाई दीर्घकालीन रूपमा जोगाइराख्न आवश्यक आधुनिक सिँचाइ प्रणालीको व्यवस्थापन गरिनेछ।









No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment