२ वटा भैंसी चोरेको आरोपमा सप्तरीमा सदा पक्राउ
जिल्ला प्रहरी कार्यालय सप्तरीले दुईवटा भैंसी चोरेको आरोपमा बोदेबरसाईन नगरपालिका–५ जाँजरका १९ वर्षीय शिव कुमार सदालाई पक्राउ गरेको छ।
मंगलबार राति अन्दाजी १२ बजेतिर डाक्नेश्वरी नगरपालिका–५ पातो सुन्दरपुर टोलका मदनेश्वर सदाको गोठबाट भैंसीहरू चोरी भएका थिए। गोठबाट भैंसी हराएको मौखिक जानकारी पाउनासाथ प्रहरी टोली खोजतलासका लागि खटिएको थियो।
त्यस क्रममा बोदेबरसाईन नगरपालिका–१० खडकपुर टोलस्थित हुलाकी सहायक खण्ड भित्री सडकमा भैंसी डोर्याउँदै पैदल हिँडिरहेको अवस्थामा सदालाई फेला पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।
पक्राउ परेका सदामाथि चोरी कसूर मुद्दामा सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ। यसैबीच, प्रहरीले नियन्त्रणमा लिनुअघि खडकपुर गाउँका स्थानीयहरूले सदालाई रोकेर सोधपुछ गरेका थिए।
सोधपुछका क्रममा सदाले आफूलाई ५०० रुपैयाँ ज्याला दिएर जाँजरकै मोहम्मद जमिलले भैंसी चोरी गर्न लगाएको खुलासा गरेका छन्। साथै, प्रहरीलाई देख्नासाथ जमिलले आफूलाई भाग्न निर्देशन दिएको दाबी समेत सदाले स्थानीयवासीसामु गरेका छन्।







डिसी नेपाल







Facebook Comment