बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
दमौली (तनहुँ)। तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा पर्यटक बसको ठक्करबाट आज एक वृद्धको मृत्यु भएको छ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प ९२७ नम्बरको पर्यटक बसले बाटो क्रस गर्ने क्रममा पैदलयात्री ७८ वर्षीय सम्मरबहादुर रानाभाटलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका रानाभाटलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए।
दुर्घटनामा संलग्न बस र चालकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment