भरूवा बन्दुक बरामद
रूकुम पश्चिम। मुसिकोट नगरपालिका-१३ छिवाङस्थित छिवाङखोला जंगलबाट भरूवा बन्दुक १ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ।
नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत र अस्थायी प्रहरी पोष्ट छिवाङ समेतबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment