अवैध लागूऔषध २३ जना पक्राउ

डिसी नेपाल
२३ जेठ २०८३ १७:०८

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौंबाट ११, झापाबाट छ, चितवनबाट दुई तथा सिरहा, उदयपुर, दाङ र कैलालीबाट एक/एक जनालाई पक्राउ गरेको हो।

प्रहरीले उनीरूपको साथबाट लागूऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन बरादम गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *