सवारी दुर्घटनामा एक जनाको मृत्यु

डिसी नेपाल
२३ जेठ २०८३ १९:२३

सर्लाही । सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।

चन्द्रनगर गाउँपालिका-२ बबरगंजस्थित सडकमा बयलबासबाट पोखरीयातर्फ आउँदै गरेको प्र.३-०२-०१० प ४०५९ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ७२ वर्षीय राम प्रसाद सिंहको मृत्यु भएको छ।

शुक्रबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मोडल अस्पताल लालगढ हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा शनिबार बिहान बाटोमै मृत्यु भएको हो। साथै मोटरसाइकलको ठक्करबाट घाइते भएका अन्य २ जनाको मोडल अस्पताल लालगढमा उपचार भइरहेको छ भने मोटरसाइकल चालकको न्यूरो अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *