दमौलीमा भारतीय पर्यटक सवार कार दुर्घटना, चालकसहित तीन जना घाइते
काठमाडौं । तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा मंगलबार दिउँसो एक भारतीय पर्यटक सवार कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बीआर १० एबी ७७३९ नम्बरको भारतीय कार अनियन्त्रित भई दिउँसो करिब १ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
कारमा सवार कुल पाँच जनामध्ये तीन जना घाइते भएका हुन्। दुर्घटनालगत्तै प्रहरी र स्थानीयबासीको सक्रियतामा घाइतेहरूको उद्धार गरी उपचारका लागि दमौलीस्थित प्रदेश अस्पताल पठाइएको छ। कारका अन्य दुई जना सवार भने सकुशल रहेका छन्।
दुर्घटनामा घाइते हुनेहरूमा भारतको बिहार राज्य मधुवनीकी ३७ वर्षीया आशा देवी र सोही ठाउँकी ४० वर्षीया मनिका देवी रहेका छन्। यसैगरी कार चालक भारत बिहार भगलपुरका २८ वर्षीय सोनु पनि दुर्घटनामा घाइते भएका छन्। दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment