संसद्को गतिरोध अन्त्य : प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं । लामो समयदेखि जारी प्रतिनिधिसभाको गतिरोध अन्त्य भएको छ। बुधबार सिंहदरबारमा सत्तापक्ष र विपक्षी दलहरूबीच भएको छलफलमा संसद्को कामकारबाही सुचारु गर्ने सहमति जुटेको हो।
सत्तापक्ष र विपक्षी दलहरूबीच भएको सहमतिअनुसार अब संसद् बैठक सुचारु हुनेछ। उक्त सहमतिमा परराष्ट्रमन्त्री शिशिर खनाललाई सदनमा सम्बोधन गर्न दिने निर्णय भएको छ। साथै, सीमा विवादको सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले व्यक्त गरेका विवादित भनाइहरूलाई संसद्को रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह गर्ने निर्णय पनि गरिएको छ।
यस सहमतिसँगै संसद्मा देखिएको अवरोध हटेको छ र संसद्का नियमित कामकारबाहीहरू अघि बढ्ने वातावरण बनेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment