बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
२७ जेठ २०८३ २०:०१

काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने रौतहट घर भएका ४१ वर्षीय ईश्वर कुमार घिमिरेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा २०८१ पुस १ गतेको फैसलाले बिगो ४६ लाख रूपैयाँ बापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *