कर्तव्य ज्यान तथा डाँका मुद्दामा संलग्न फरार अभियुक्त पक्राउ

डिसी नेपाल
२७ जेठ २०८३ २०:३९

काठमाडौं। कर्तव्य ज्यान तथा डाँका मुद्दामा संलग्न रही फरार अभियुक्त काभ्रे पाँचखाल नगरपालिका-४ बस्ने ३९ वर्षीय कृष्ण मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

२०७८ असोज ६ गते सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१० सिम्ले फाँटस्थित नेत्रप्रसाद दाहाललाई कोदालोको पासो प्रहार गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिन्धुपाल्चोकबाट २०७९ पुस १८ गते जन्मकैद सजाय फैसला भएका तथा डाँका मुद्दामा ७ वर्ष कैद र ७० हजार रूपैयाँ जरिवाना फैसला भई केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा कैद भुक्तान गरी रहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काभ्रे पाँचखाल नगरपालिका-४ बाट पक्राउ गरेको हो।

उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *