लागूऔषध सहित चार जना पक्राउ
काठमाडौं। देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन ८७ ग्राम, नगद ३ लाख ३१ हजार रूपैयाँ र डिजिटल तराजु २ थान सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१५ घर भएकी २२ वर्षीया मीरा गुरूङ र धनुषा जनकपुरधाम उपमहानगरपालिका-६ घर भएका ३६ वर्षीय रवि कुमार साह रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सिराहाको सुखीपुर नगरपालिका-२ छजनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ८० मिलिग्राम सहित गोलबजार नगरपालिका-२ लालपुर बस्ने २१ वर्षीय श्याम सुन्दर साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलालीको धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय पवन गुप्तालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment