दक्षिण कोरियाको शानदार जित: चेक रिपब्लिक २–१ ले पराजित
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत आज सम्पन्न समूह ‘ए’ को निकै प्रतिस्पर्धात्मक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोलले पराजित गरेको छ। मेक्सिकोको ग्वाडालाजारा रंगशालामा भएको यस खेलमा दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण ३ अंक जोड्न सफल भयो।
खेलको ५८औँ मिनेटमा चेक रिपब्लिकका लादिस्लाभ क्रेज्सीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, पछि परेको स्थितिबाट सम्हालिँदै दक्षिण कोरियाले खेलमा फर्किने प्रयास जारी राख्यो। ६६औँ मिनेटमा हवाङ इन–बमले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि ७९औँ मिनेटमा ओ ह्युन–ग्युले गोल गर्दै दक्षिण कोरियालाई २–१ को अग्रता दिलाए, जुन खेलको निर्णायक गोल साबित भयो।
२० वर्षपछि विश्वकपमा फर्किएको चेक रिपब्लिकले खेलभरि नै बलियो चुनौती प्रस्तुत गरे पनि दक्षिण कोरियाको आक्रामक रणनीति सामु पछि पर्न पुग्यो। यो जितसँगै दक्षिण कोरियाले समूह चरणमा आफ्नो बलियो उपस्थिति देखाएको छ।







डिसी नेपाल







Facebook Comment