उज्यालो नेपाल कतै मिसिदैन्, नयाँ पार्टीको विकल्प बन्छ : अध्यक्ष घिसिङ

डिसी नेपाल
३० जेठ २०८३ १५:०४

काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब नयाँ पार्टीको विकल्प उनेपा मात्रै रहेको दाबी गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले उज्यालो नेपाल पार्टी कतै गएर मिसिने होकि भन्ने चिन्ता र शंका देखिएको भन्दै अब कुनै पार्टीसँग मिसिन नजाने दाबी गरे।

उनले भने,‘उज्यालो नेपाल पार्टी कतै गएर मिसिने होकि भन्ने चिन्ता र शंका धेरैको छ। यसमा कुनै शंका र चिन्ता नगर्दा हुन्छ। उनेपा कुनै पार्टीसँग मिसिन जाँदैन्। अरु पार्टीहरु मिसिन आउन सक्छ। अरुसँग एकीकरण गर्दा पनि यो पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ। अहिले नयाँ र पुराना पार्टीका धेरै साथीहरू पार्टीमा जोडिने लहर आएको छ। अब नयाँ पार्टीको विकल्प उनेपा नै हो।’

त्यस्तै उनले स्थानीय र प्रदेश सभाको चुनावमा र सङ्घको चुनावमा सशक्त रूपमा उभिने बताउँदै आगामी सङ्घको निर्वाचनपछि देशको नेतृत्व आफूहरुले ने गर्ने विश्वास व्यक्त गरे।

अध्यक्ष घिसिङले पार्टीमा प्रवेश गर्नेहरूलाई विश्वासघात नगर्ने अठोट गरे।

गएको चुनावमा असफल भएपनि आफूहरूले हार नमानेर पहिलो खुड्किलाको रुपमा लिएको उनले बताए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *