दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

डिसी नेपाल
३० जेठ २०८३ २२:२०

काठमाडौं। नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित र समयमै सम्पन्न गर्ने उद्देश्यसहित महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ।

नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक महामन्त्री एवं संयोजक एचबमभभउ एयगमभ िको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, ललितपुरमा बसेको थियो।

बैठकले डिजिटल प्रणालीमा आधारित सदस्यता अद्यावधिकलाई प्रभावकारी बनाउनेदेखि लिएर विभिन्न समयसीमा तय गर्दै १४ बुँदे निर्णय सार्वजनिक गरेको हो।

कांग्रेसका अनुसार १५औं महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत कुल ७ लाख ८२ हजार २०९ सदस्य डिजिटल प्रणालीमा रहेका छन्।

जसमध्ये ६ लाख ८७ हजार ९३१ सदस्यको विवरण हालसम्म प्रणालीमा प्रविष्ट भइसकेको छ। तीमध्ये ५ लाख ३८ हजार ६२२ सदस्यले एनसिआईडी प्राप्त गरिसकेका छन् भने बाँकी १ लाख ४९ हजार ३०९ सदस्यको विवरण वडा तहमा अनुमोदन प्रक्रियामा रहेको छ।

कांग्रेसले वडा तहबाट अद्यावधिक फारामहरू मिति २०८३ असार ५ गतेभित्र अनिवार्य अनुमोदन गर्न निर्देशन दिएको छ। तोकिएको समयभित्र अनुमोदन नभए विधानअनुसार योग्य सदस्यहरूको विवरण केन्द्रले स्वतः अनुमोदन गर्ने व्यवस्था मिलाइने निर्णय गरिएको छ।

इन्टरनेट पहुँच कम भएका उच्च हिमाली क्षेत्र तथा बारा र खोटाङ जिल्लामा सदस्यता अद्यावधिकका लागि समयसीमा २०८३ असार ७ गतेसम्म तोकिएको छ। त्यस्तै, विदेशस्थित नेपाली जनसम्पर्क समितिका लागि असार १० गतेसम्म समय दिइएको छ।

पार्टीले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण प्रक्रिया २०८३ असार २० गतेसम्म खुला राख्ने निर्णय गरेको छ। त्यस्तै, शुल्क नबुझाउने सदस्यहरू १५औं महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने स्पष्ट व्यवस्था गरिएको छ।

समयमै अद्यावधिक गर्न नसकेका सदस्यहरूले असार २० गतेभित्र प्रमाणसहित केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यस्ता निवेदन पार्टीको आधिकारिक इमेलमार्फत पनि पठाउन सकिनेछ। त्यस्तै, छुटेका वडाहरूले पनि अतिरिक्त ७ दिनसम्म समय माग गर्न सक्ने व्यवस्था गरिएको छ।

सदस्यता विवरणमा त्रुटि देखिएमा नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणसहित असार मसान्तसम्म सम्बन्धित प्रदेश अनुसार तोकिएको इमेलमार्फत सच्याउन सकिने व्यवस्था गरिएको छ। कांग्रेसले सदस्यता अद्यावधिक तथा नयाँ वितरण प्रक्रिया १५औं महाधिवेशनको मूल कार्यतालिका प्रभावित नहुने गरी समायोजन गर्ने निर्णय पनि गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *