फिफा विश्वकप २०२६: न्यूजिल्यान्ड र इरानबीचको रोमान्चक खेल २-२ गोलको बराबरीमा
काठमाडाैं। फिफा विश्वकप-२०२६ अन्तर्गत आज भएको न्यूजिल्यान्ड र इरानबीचको प्रतिष्पर्धात्मक खेल बराबरीमा टुंगिएको छ। अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस स्टेडियममा भएको उक्त निकै रोमान्चक खेलमा दुवै टोलीले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलमा सुरुवाती अग्रता न्यूजिल्यान्डले लिएको थियो। न्यूजिल्यान्डका इलाइजा जस्टले खेल सुरु भएको सातौं मिनेटमै उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाएका थिए। तर, इरानले खेलमा फर्कन धेरै समय लगाएन। खेलको ३२औँ मिनेटमा इरानका रेजाइयानले जवाफी गोल गर्दै खेललाई १-१ को बराबरी स्थितिमा ल्याए।
दोस्रो हाफमा पनि दुवै टोलीले आक्रामक खेललाई निरन्तरता दिए। खेलको ५४औं मिनेटमा न्यूजिल्यान्डका इलाइजा जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई पुनः २-१ को अग्रता दिलाए।
न्यूजिल्यान्डको यो अग्रतालाई चिर्दै खेलको ६४औँ मिनेटमा इरानका मोहम्मद मोहब्बीले हेडमार्फत सानदार गोल गरे र खेललाई २-२ को रोमान्चक बराबरीमा पुर्याए। त्यसपछि खेलको बाँकी समयमा दुवैतर्फबाट थप गोल हुन नसक्दा खेल बराबरीमै सकिएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment