सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, सुन प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा झर्‍यो

डिसी नेपाल
४ असार २०८३ ११:११

काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लाग्ने क्रम बिहीबार पनि जारी रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले ओरालो लागेको हो।

मूल्यमा आएको यो गिरावटसँगै नेपाली बजारमा बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि बुधबार मात्रै सुनको मूल्यमा प्रतितोला १ हजार २०० रुपैयाँको ठूलो गिरावट आउँदा २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि बिहीबार मन्दी देखिएको छ। महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार पनि चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घट्दै ४ हजार ९८० रुपैयाँमा झरेको थियो। स्थानीय बजारमा लगातार दोस्रो दिन सुन र चाँदी दुवैको मूल्य घट्दा कारोबारमा केही सुस्तता आएको व्यवसायीहरूले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *