पोखरा बसपार्क क्षेत्रका अवैध संरचनामाथि महानगरको डोजर

बसन्त शेर्पा
४ असार २०८३ १७:४८

पोखरा । पोखरा महानगरपालिकाले लामो समयदेखि अतिक्रमणको चपेटामा परेको बसपार्क क्षेत्रलाई खाली गराउन अभियान सुरु गरेको छ।

बसपार्क निर्माण कार्यलाई तीव्रता दिन र सार्वजनिक जग्गा संरक्षण गर्ने उद्देश्यले महानगरले बिहीबारदेखि उक्त क्षेत्रमा रहेका अवैध संरचनाहरूमाथि डोजर चलाउन थालेको हो।

वर्षौंदेखि विभिन्न व्यक्ति तथा समूहले कब्जा गरी निर्माण गरिएका टहरा र भौतिक संरचनाहरूले गर्दा बसपार्क निर्माणको काम प्रभावित हुँदै आएको थियो। महानगरको यो कदमसँगै अब बसपार्कको भौतिक पूर्वाधार निर्माणले गति लिने अपेक्षा गरिएको छ।

बसपार्कलाई व्यवस्थित र सुविधायुक्त बनाउन सार्वजनिक जग्गाबाटै अतिक्रमण हटाउनुपर्ने भएकाले महानगरले यो कडा कदम चालेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *