विश्वभर आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै, राष्ट्रसंघको मान्यतापछि सचेतना बढाउने अभियान

डिसी नेपाल
७ असार २०८३ ७:१०

काठमाडौं। मानसिक तथा शारीरिक स्वस्थताका लागि योगको महत्त्वलाई उजागर गर्दै आज विश्वभर विभिन्न चेतनामूलक कार्यक्रमका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ।

मानव जीवनमा योगको बहुआयामिक आवश्यकता र यसको वैज्ञानिक महत्त्वलाई विश्व समुदायसमक्ष पुर्‍याउने उद्देश्यले संयुक्त राष्ट्रसंघले यस दिनलाई आधिकारिक रूपमा योग दिवसको मान्यता दिएको हो।

यस दिवसको सुरुवात सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा प्रस्तुत गरिएको एक विशेष प्रस्तावबाट भएको थियो। उक्त प्रस्तावलाई महासभाका सदस्य राष्ट्रहरूले अभूतपूर्व रूपमा सर्वसम्मत समर्थन गरेपछि राष्ट्रसंघले हरेक वर्षको जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा घोषणा गरेको थियो।

राष्ट्रसंघको उक्त ऐतिहासिक घोषणा पश्चात् सन् २०१५ देखि संसारभर औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो। प्रत्येक वर्ष जुन २१ का दिन नेपालसहित विश्वका विभिन्न देशहरूमा सामूहिक योग अभ्यास, ध्यान, जनचेतनामूलक गोष्ठी, प्रशिक्षण तथा विशेष समारोहहरू आयोजना गरी यो दिवसलाई उत्सवका रूपमा मनाउने गरिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *