विश्वकप फुटबल: वैकल्पिक खेलाडी बुडिमिर चम्किँदा क्रोएसियाद्वारा पानामा पराजित
काठमाडाैं। क्यानडाको टोरन्टो रंगशालामा सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गतको रोमाञ्चक खेलमा क्रोएसियाले पानामामाथि १-० गोलअन्तरको कठिन जित दर्ता गरेको छ।
खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक र गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा क्रोएसियाले रणनीतिक परिवर्तन गर्दै सफलता हात पार्याे। दोस्रो हाफको सुरुवातमै मैदान प्रवेश गरेका वैकल्पिक खेलाडी आन्ते बुडिमिर क्रोएसियाको जितमा नायक बने।
मैदान छिरेको केही मिनेटमै आक्रामक खेल प्रस्तुत गरेका बुडिमिरले खेलको ५४औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। एक गोलले पछि परेको अवस्थामा पानामाले खेलमा फर्कने प्रयास नगरेको भने होइन।
दोस्रो हाफको बाँकी समयमा पानामाले गोलका केही सुनौला अवसरहरू सिर्जना गरे पनि क्रोएसियाको बलियो रक्षापङ्क्ति र गोलकिपरलाई भत्काउन नसक्दा पराजय ब्यहोर्न बाध्य भयो र बुडिमिरको त्यही एकल गोल नै क्रोएसियाका लागि स्पष्ट तीन अंक जोड्न निर्णायक साबित भयो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment