नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिका (नासा) को ३५औँ सम्मेलन सेप्टेम्बरमा टेक्सासमा हुने

डिसी नेपाल
१४ असार २०८३ ९:५२

अमेरिका। नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिका (नासा) ले आफ्नो समुदायको गौरवशाली यात्रालाई निरन्तरता दिँदै यस वर्षको ३५औँ सम्मेलन तथा वार्षिक साधारण सभा भव्य रूपमा आयोजना गर्ने घोषणा गरेको छ।

यस पटकको विशेष सम्मेलन टेक्सासमा एचडिएनपी इन्टरनेसनल, फिन्ये युएसए, र डेभलपमेन्ट फर पिस इन्टरनेसनलको परिपक्व सहकार्यमा सम्पन्न हुन गइरहेको हो।

नासाले यस कार्यक्रमलाई केवल एउटा औपचारिक कार्यक्रमका रूपमा मात्र नभई नेपाली पहिचानको उत्सव, समुदायको सुदृढ एकता र भविष्यको साझा दृष्टिकोणलाई एउटै चौतारीमा जोड्ने ऐतिहासिक क्षणका रूपमा ब्याख्या गरेको छ।

सम्मेलनलाई व्यवस्थित र भव्य बनाउन नासाको कार्य समितिले विशेष जिम्मेवारीहरू समेत बाँडफाँड गरेको छ। कार्य समितिको सर्वसम्मत निर्णयअनुसार संस्थाका पूर्व अध्यक्ष प्रा. डा. रामचन्द्र बराललाई वार्षिक साधारण सभाको अध्यक्षको जिम्मेवारी सुम्पिएको छ।

त्यसैगरी, सम्मेलनलाई सफलतापूर्वक अगाडि बढाउन देवी डेविड आचार्यलाई सम्मेलनको ‘चेयर’ रप्रणय लामालाई ‘को-चेयर’ को भूमिकामा चयन गरिएको छ। नेतृत्वको यस टोलीले सम्मेलनका सम्पूर्ण तयारीहरूलाई तीव्र गतिमा अगाडि बढाउने विश्वास लिइएको छ।

यो ऐतिहासिक सम्मेलन आगामी सेप्टेम्बर ५ तारिख शनिबारका दिन टेक्सासको अर्भिङस्थित १८०० भ्याली भ्यु लेन, सुइट १०४ मा रहेको भेटघाट रेष्टुरेन्ट बार एण्ड ब्याङ्क्वेटमा आयोजना हुने तय भएको छ।

नासाका अध्यक्ष विद्या गुरुङले सम्पूर्ण नेपाली समुदायलाई यस गौरवमय उत्सवमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेकी छन्। उनले प्रवासमा रहेका नेपालीहरूको सम्मानित उपस्थितिलाई समुदायप्रतिको प्रेम, गहिरो प्रतिबद्धता र बलियो एकताको प्रतीक मानिने उल्लेख गर्दै सबैलाई उपस्थित भई कार्यक्रमको गरिमा बढाउन सादर अनुरोध गरेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *