विश्वकप फुटवलले चर्चामा ‘मर्लिन’ हाँस, भिडियो भाइरल
एजेन्सी। फिफा विश्वकप फुटवल प्रतियोगिताका लागि एक घरपालुवा हाँस मेक्सिकोको ‘राजदूत’ बनेको छ। ‘मर्लिन’ नामक घरपालुवा हाँस फिफा विश्वकपको लागि मेक्सिकोको राजदूत बनेको हो।
दुई वर्षको हाँस मेक्सिकन टोलीको जर्सी र मोजा लगाएर मेक्सिको सिटीका सडकहरूमा हिंडिरहेको भिडियोहरू सार्वजनिक भएपछि भाइरल समेत बनिरहेको छ।
विश्वकपका कारण फुटबलका सबैभन्दा चर्चित खेलाडीहरू फेरि अन्तर्राष्ट्रिय चर्चाको केन्द्रमा रहेकाबेला मर्लिन पनि चर्चामा आएको हो।
आफ्नो शरीरमा ठ्याक्कै मिल्ने सानो टिम मेक्सिकोको जर्सी र मेक्सिको सिटीस्थित आफ्नो घर वरिपरि आत्मविश्वासका साथ हिँड्ने शैलीका कारण हासले चर्चा बटुलेको हो।
विश्वकपमा मेक्सिकोले आफ्नो पहिलो खेल जितेपछि उत्सव मनाइरहेको अवस्थामा मर्लिन पहिलो पटक देखिएको थियो। सोहीबेला भिडियो भाइरल भएपछि हाँस एकाएक इन्टरनेट स्टार बनेको हो। (भिडियो सीसीटीभीप्लस)






डिसी नेपाल





Facebook Comment